काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको प्रतिनिधिसभाको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभाको संसदीय दलको नेतामा बेदुराम भुसाल चयन हुनुभएको छ ।
नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई प्रतिनिधिसभाको संसदीय दलको नेतामा सर्बसम्मत चयन गरेको हो ।
अरु पदाधिकारीहरु भने पछि चयन हुने सांसद विरोध खतिवडाले जानकारी दिनुभयो ।
संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् । एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीका राष्ट्रियसभामा ७ सांसद छन् ।