काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ताधारी नेताहरुको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारबारे आइतबार पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संयुक्त छलफल गर्नुभएको थियो ।

सरकार गठन भएको डेढ महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको भन्दै सरकारको आलोचना हुन थालेपछि देउवाले मन्त्रीपरिषद बिस्तारका लागि गठबन्धनसँग छलफल गर्नुभएको हो । हाल सरकारमा कांग्रेस र माओवादीका तर्फबाट गरी प्रधानमन्त्रीसहित ६ जना छन् ।