Margadarsan


  • कर्णालीका ३ सांसदले रोजे एकीकृत समाजवादी

    मार्गदर्शन १६ भाद्र २०७८, बुधबार

    काठमाडौं । कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । रुकुमका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

    सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी गराएको बताउनुभयो ।

    कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट २० सांसद निर्वाचित भएका थिए । तीमध्ये फ्लोर क्रस गर्ने ४ जना पदमुक्त भएका छन् । पार्टी विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्ने समय भदौ २२ गतेसम्मलाई तोकिएको छ ।

    फेसबुक प्रतिक्रिया