एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा सुरु
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सो बैठक मध्याह्न १२ बजेदेखि तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा सुरु भएको हो । नेकपा एमालेबाट माधव नेपाल बाहिरिएपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो ।