काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्न लागेको हो ।
आगामी हुने विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
आजको स्थायी कमिटीमा विधान महाधिवेशन तयारीबारे छलफल हुने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बताउनुभएको छ । एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्ने भएको छ ।