१० विषयगत र २ संयुक्त समितिका प्रस्तावित सभापतिहरू
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत तथा २ संयुक्त समितिका प्रस्तावित सभापतिहरूको नाम टुंगो लागेको छ। सिंहदरबारमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले १२ वटै समितिका सभापतिको नाम तय गरेको हो। यसअघि नै समितिमा रहने सदस्यहरू चयन भइसकेका छन्।