काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकपछि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उक्त जानकारी दिएका हुन् ।
बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
त्यस्तै, भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री तिमिल्सिनाले बताए ।
मन्त्रिपरिषद्ले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।




















