प्रधानमन्त्री शाह जनताप्रति उत्तरदायी देखिएनन्: पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको टिप्पणी गरेका छन् । शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जननिर्वाचित संसद्ले बनाएको प्रधानमन्त्रीले संसद्मा केही नबोलेका कारण प्रश्नहरू उठिरहेको समेत बताए ।