उपसभामुखमा श्रमसंस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई रास्वपाको समर्थन, राप्रपाबाट सरस्वती लामा पनि प्रतिस्पर्धामा
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी २५ वर्षीया रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। उनको उम्मेदवारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने निर्णय गरेको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीले औपचारिक रूपमा ठाकुरलाई समर्थन गर्ने निर्णय