काठमाडौं । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले उनलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् ।
पार्टीभित्र भएको सहमतिअनुसार किराँती वरिष्ठ नेताको हैसियतसहित दोस्रो वरीयतामा उपाध्यक्षको जिम्मेवारीमा रहने भएका छन्।
किराँती पक्षलाई एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य दिने सहमति समेत भएको बताइएको छ। उनका साथ आउने अधिकांश नेता प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रहेका छन्।
जेनजी आन्दोलनपछि भएको राजनीतिक पुनर्संरचनापछि प्रचण्डले माधव नेपालसहितलाई समेटेर पार्टी एकता गरेपछि असन्तुष्टि जनाउँदै किराँती समूह प्रलोपा हुँदै अहिले श्रम संस्कृति पार्टीमा प्रवेश गरेको हो ।




















