काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी नभएको भन्दै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन् ।
यसक्रममा हर्क साम्पाङले प्रधानमन्त्री असक्षम भएको आरोप लगाउँदै राजीनामा माग गरेका छन् । विरोधस्वरूप उनी आफ्नो झोला बोकेर बैठक कक्षबाट बाहिरिएका थिए ।
बैठकका क्रममा सभामुख र विपक्षी सांसदहरूबीच केहीबेर सवालजवाफसमेत भएको थियो ।




















