विराटनगर । नेपाली कांग्रेसको देउवा–सिटौला समूहले विराटनगरमा छुट्टै भेला गरेको छ।
भेलामा कृष्ण सिटौला प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। कार्यक्रममा कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईसहित प्रदेशका ६ जना सांसदहरूको उपस्थिति रहेको छ।
उपस्थित सांसदहरूमा सुनिता गच्छदार, सुनिताकुमारी गुरुङ र खगेश्वरी पौडेल रहेका छन्। साथै प्रदेश पर्यटन मन्त्री भीम पराजुली पनि भेलामा सहभागी भएका छन्।
मन्त्री पराजुलीका अनुसार विशेष महाधिवेशनपछिको राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल केन्द्रित रहेको छ।
विराटनगरस्थित बिग होटलमा भएको उक्त भेलामा मीन विश्वकर्मा, पूर्वमुख्यमन्त्री केदार कार्की, प्रदेश कोषाध्यक्ष राजेश गुप्ता तथा मोरङ सचिव मोदनाथ घिमिरे लगायतका नेताहरू पनि सहभागी भएका छन्।
त्यस्तै नेविसंघ मोरङ सभापति सरोज पोख्रेलसहित विद्यार्थी नेताहरूको समेत उपस्थिति रहेको जनाइएको छ।
यसअघि सिटौला समूहबाट सक्रिय रहेका भीम पराजुली र भूपेन्द्र राई पनि सहभागी भए पनि पूर्वमुख्यमन्त्री केदार कार्की भने फरक गुटबाट उपस्थित भएको बताइएको छ। कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा भने भेलामा सहभागी भएनन्।
विशेष महाधिवेशनपछि पनि कांग्रेसभित्र आन्तरिक गुटगत भेला र छलफल निरन्तर जारी रहेको देखिएको छ।




















