मन्त्रिपरिषद् विस्तार, सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेल, अरु को-को बने मन्त्री ?
काठमाडौं । पत्रकार तथा ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्रीमा नियुक्त गरेकी हुन् । खरेलले पत्रकारिता क्षेत्रमा २५ वर्षभन्दा बढी समय बिताइसकेका छन् ।