काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारको निर्णय तत्काल लागू नगर्न आदेश दिँदै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा थप छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको छ ।
सरकारले विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनहरूको गतिविधिमाथि रोक लगाउने निर्णय गरेपछि त्यसको विरोधमा विभिन्न विद्यार्थी संगठन अदालत पुगेका थिए ।




















