अध्यादेशमार्फत् निर्वाचन कानुन संशोधन गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ। बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन कानुन संशोधन गरेर युवाहरूलाई पनि मतदानको अवसर दिने गरी मतदाता नामावली अद्यावधिक गर्ने विषयमा छलफल गरेका हुन्।