काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो।
निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आदेश खड्कालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।
त्यस्तै, गृह मन्त्रालयअन्तर्गतका नमराज घिमिरेलाई मुस्लिम आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामकृष्ण पुडासैनीलाई अर्थ मन्त्रालय, अर्थ मन्त्रालयकै कृष्णकुमारी श्रेष्ठलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालयमा काजमा रहेका रमेश ढकाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको छ भने अर्थ मन्त्रालयका रामदत्त भट्टलाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ।
मुस्लिम आयोगका रमेश न्यौपानेलाई राष्ट्रिय सूचना आयोग र अतिरिक्त समूहमा रहेका सन्तोषकुमार दाहाललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
यसैगरी प्रधानमन्त्री कार्यालयका अनिलकुमार दत्तलाई सञ्चार मन्त्रालय तथा सञ्चार मन्त्रालयका श्रीचन्द्र शाहलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ।




















