अब कांग्रेसले संसद् पुनर्स्थापनाको माग गर्न हुँदैन, चुनावमै जानुपर्छ : महामन्त्री विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पार्टीले संसद् पुनर्स्थापनाको माग उठाउनु नहुने बताएका छन्। राष्ट्रपतिले अफ्ठ्यारो राजनीतिक परिस्थितिमा नेतृत्वदायी भूमिका खेल्दै निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा कांग्रेसले चुनावतर्फ केन्द्रित हुनुपर्ने धारणा उनले व्यक्त गरे। एक सार्वजनिक कार्यक्रममा बोल्दै