काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार सभापति रवि लामिछानेको निर्देशनमा वैशाख ३० गतेका लागि बैठक बोलाइएको हो।
उनका अनुसार बैठक बुधबार बिहान ९ बजे वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा बस्नेछ।
बैठकमा मुख्य रूपमा पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनबारे छलफल गरिने जनाइएको छ। साथै अन्य समसामयिक विषयमा पनि छलफल हुने एजेन्डा तय गरिएको छ।




















