खोपमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गर्नुभएको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले खोप तथा असङ्क्रमणीकरणका लागि विश्वव्यापी गठबन्धन (जिएभिआई)