काठमाडौँ । धनुषाको जनकपुरस्थित प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज छापा मारेको छ ।
सो क्रममा आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिदसम्बन्धी महत्वपूर्ण कागजपत्र जफत गरेको छ । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजपत्र लगेको स्रोतले जनाएको छ ।
प्रदेश–२ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्य बराबरको साइकल खरिद गरेको थियो । साइकल खरिदमा कम्पनी नखुलाई किनेर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेपछि आयोगले छापा मारेको हो ।