काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको आन्तरिक संगठनलाई व्यवस्थीत पार्न गृहकार्य सुरु गरेको छ । बुधबार पेरिसडाँडामा बसेको माअेवादी स्थायी कमिटी बैठकमा पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजना पेश भएको देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै बिभिन्न समयमा भएका पार्टी एकताका आधारमा संगठनमा समेट्न छुटेका नेताहरुको समायोजनाका लागि गठित कार्यदलले सुझाव पेश गरेको र कार्यान्वयनमा लैजाने निर्णय भएको नेता गुरुङले बताउनुभयो । त्यस्तै पार्टीको स्कुल बिभागसम्बन्धी व्यवस्थाका बारेमा केहि योजनाहरु बैठकमा पेश भएको र अध्ययन गरेर टुङ्गो लगाउने निर्णय भएको उहाले बताउनुभयो । त्यस्तै सरकार गठनका बारेमा गठबन्धनबीच छलफल गरेर आवश्यक निर्णयमा पुग्ने र त्यसैका आधारमा पार्टीले नाम पठाउने गुरुङले बताउनुभयो । गुरुङले एमालेले सदन अवरुद्ध गरेको अवस्थामा बिपक्षीसंग सरकारको तर्फबाट छलफल गरेर संसदको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले छिटै सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको बताउनुभएको थियो ।