सभामुख र रास्वपाबीच भेटवार्ता, संसद्मा विरोध यथावत रहने
काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग भेट गरी संसद्मा जारी अवरोधबारे छलफल गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकअघि रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार सभामुख घिमिरेसँग छलफलमा सहभागी भएका थिए ।