काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग संसद भवन नयाँ बानेश्वरमा छलफल जारी राखेका छन् । छलफलको केन्द्रबिन्दु संसदमा जारी अवरोध हटाउने विषयमा केन्द्रित रहेको छ।
सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न सबै दललाई सहयोग गर्न आग्रह गरेका छन् । तर, विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उठेका प्रश्नहरूको समाधान नभएसम्म सदन चल्न नदिने अडान दोहोर्याएका छन् ।
विपक्षीहरूको माग अनुसार, भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन गर्न समिति वा आयोग गठन आवश्यक रहेको बताइएको छ । उता सत्तापक्षले भने गृहमन्त्री रमेश लेखकले संसदमै जवाफ दिएपछि मात्रै अन्य विषयमा अगाडि बढ्न सकिने स्पष्ट पारेको छ ।
यसै विषयमा सहमति खोज्दै सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
























