काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा हिजोबाट जारी अवरोध खुलाउने प्रयासका लागि प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् ।
बुधबार सभाको कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपनि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको थियो ।
विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको चित्त बुझ्दो जवाफ माग गरेका छन् । प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ भने प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा जवाफ नदिने स्पष्ट पारिसकेका छन् । उनले एउटा कर्मचारी हटाएर अर्कोलाई नियुक्त गरिएकाले त्यही जवाफ भएको बताइसकेका छन् ।