काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै विपक्षीहरुले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आशंका गर्दै विपक्षी माओवादी केन्द्र, रास्वपालगायतले छानविन समितिको माग गरेका छन् ।
बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरे ।
विपक्षी सांसदहरूले अवरोध गरेपछि सभामुखले धारणा राख्नका लागि प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुन र रास्वपाका शिशिर खनाललाई समय दिएका थिए । उनीहरुले आफ्ना कुरा राखेपछि संसद अवरोध गरेका छन् ।
सभामुखले वैठक सञ्चालन गर्न र गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिने वातावरण बनाउन आग्रह गरे पनि विपक्षीहरुले संसद अवरोध जारी राखेपछि संसद वैठक आधा घण्टाका लागि स्थगित भएको छ ।