काठमाडौं । सभामुख देवराज घिमिरेसँगको संयुक्त छलफलपछि सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् भने वैठक २ वजेका लागि सारिएको छ ।
सभामुखले आह्वान गरेको संयुक्त बैठकमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई बोल्न दिन विपक्षीलाई आग्रह गरेपछि विपक्षी दलहरू सकारात्मक बनेको बताइएको छ ।
राज्यका जिम्मेवार पदाधिकारीको संलग्नतामा भिजिट भिसा मार्फत मानव तस्करी गरिएको आशंका गर्दै विपक्षी दलहरूले २०६४ यताका सबै गृहमन्त्री र श्रममन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग सत्तापक्षसमक्ष राखेका छन् ।
अहिले सत्ता पक्ष र विपक्षी दलहरु संसद भवन वानेश्वरमा छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका छन् ।
सत्ता र प्रतिपक्षी दलहरू आन्तरिक छलफलमा जुटेकाले सभामुखले आज ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारेका हुन् ।
























