कांग्रेस संस्थापनइतर समूहको बैठक सुरु, के होला निर्णय ?
काठमाडौं । नेपाली कांग्रेस भित्रको संस्थापनइतर समूहको बैठक सुरु भएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा होटल स्मार्ट, धुम्बाराहीमा बसिरहेको बैठकमा समूहका शीर्ष नेताहरू, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरू सहभागी छन् ।