काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवासमा गरिएको छापामार शैलीको अनुसन्धानप्रति आपत्ति जनाएको छ ।
मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको बागमती प्रदेश संसदीय दलको बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी अनुसन्धान अघि बढाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दलले जारी गरेको निर्णयमा मुख्यमन्त्रीमाथि लगाइएका आरोपहरूको संवैधानिक र कानुनी दायराभित्र रहेर निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गरिएको छ।
त्यसैगरी बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग र भौगोलिक अवस्थालाई आधार बनाउने निर्णय पनि गरेको छ।




















