काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबारको निर्णयअनुसार ६० जना एसपीको सरुवा गरेको हो ।
सरुवा भएका प्रहरी उपरीक्षकहरूले मंसिर महिनादेखि नयाँ दरबन्दीबाटै तलब तथा भत्ता पाउनेछन् । सोहीअनुसार अभिलेख अद्यावधिक गर्न विभागले राष्ट्रिय किताबखानालाई अनुरोध गरेको छ ।


























