काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा दलको नेतामा कमला पन्तलाई मनोनीत गरेको छ।
प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यसअघि सो पदमा रहेका कृष्ण सिटौलालाई हटाउँदै पन्तलाई नियुक्त गरेका हुन्। यसबारे जानकारी कांग्रेस संसदीय दलको कार्यालयले दिएको छ।
कांग्रेस विधानअनुसार प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था रहेको छ।
पूर्व नेता सिटौला पार्टीका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् भने नवमनोनीत पन्त गगन थापा समूहसँग नजिक मानिन्छिन्। पन्त विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएकी नेतृका रूपमा चिनिन्छिन्।




















