काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह, प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई मनोनित भएका छन्।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार शाहलाई उपनेता, थापालाई प्रमुख सचेतक र राईलाई सचेतक पदमा मनोनयन गरेका हुन्।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) अनुसार मनोनयन गरिएको संसदीय दलको कार्यालयले जनाएको छ।



















