कल्याणपुर नगरपालिकाका मेयर साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा
काठमाडौं, साउन २३ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, नगरपालिका–६ मा निर्माण गरिएको नालाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस