जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।
बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दिउँसो उनलाई नगरपालिका कार्यालयमै नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार दिउँसो करिब पौने २ बजे पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट माग गरिएको एक लाख रुपैयाँ घुस लिइरहेको बेला साहलाई पक्राउ गरिएको हो ।
अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्का उठाउने कार्यसहित आवश्यक अनुसन्धान अघि बढाएको छ ।

























