कांग्रेसद्वारा आकस्मिक केन्द्रीय कार्यसमिति बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई उपस्थित हुन भनिएको छ