नेताहरूको नाममा खोलिएका प्रतिष्ठानहरू ठगी खाने भाँडो भएको प्रधानमन्त्री ओलीको आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूको नाममा खोलिएका प्रतिष्ठानहरू ठगी खाने भाँडो भएको आरोप लगाएका छन् । मदन-आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका ओलीले व्यक्तिगत नाममा खोलिएका प्रतिष्ठानहरूलाई ठगी खाने भाँडो बनाएको बताएका हुन् ।