काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले ओली निवास गुण्डु पुगेका छन् ।
चुनावी वातावरणका लागि खासगरी ठूला दल र नेतासँगको सम्बन्ध सुधारमा लागेको सरकारले पछिल्लो समय उच्चस्तरीय समिति नै बनाएर संवाद थालेको छ ।
यसअघि आज विहान खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका थिए ।
खरेलको सचिवालयका अनुसार उनले आजै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल थालेको हो । केही दिनअघि पार्टी कार्यालय अनुगमनका लागि सरकारी टोली प्रमुख दलका पार्टी कार्यालयहरुमा पुगेको थियो । सो अवसरमा पनि नेताहरुसँग निर्वाचनका बारेमा छलफल भएको थियो ।
























