काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन गराउनका लागि प्रमुख राजनीतिक दलहरूसँगको संवादलाई तीव्र बनाएकी छन् ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई तीन ठूला दलका नेताको निवासमा पठाएकी उनले शनिबार उनीहरूलाई नै बालुवाटारमा बोलाएकी हुन् ।
चुनावी तयारीलाई तीव्र पार्ने क्रममा विश्वासको वातावरण बनाउनका लागि उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितका दलका नेताहरूलाई शनिबार बालुवाटारमा बोलाएकी हुन् ।
ठूला राजनीतिक दलले चुनावभन्दा भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनःस्थापनातर्फ बल गरिरहेका बेला सरकारले विश्वासको वातावरण बनाउनेतर्फ जोड दिएको हो ।

























