काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ । सो पार्टीकी सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा उपमहासचिव प्रदीप यादवसहित छुट्टिएर जसपा नेपालसँग एकता गर्ने निर्णय गरेकी छन् ।
यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै बहुमत केन्द्रीय सदस्यसहित जसपाले जसपा नेपालसँग पार्टी एकीकरण गरेको जानकारी दिएका छन् ।
आइतबार उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको थियो।
अशोक राईले जसपा नेपालबाट अलग भएर २०८१ वैशाख २३ गते जसपा गठन गरेका थिए ।


























