काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन पुगेका छन्। आयोगले पत्रमार्फत आइतबारसम्म उपस्थित हुन भने पनि लेखक सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भएका हुन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिसम्बन्धी घटनामा तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकसँग आयोगले बयान लिन लागेको हो।
सरकारले जेनजी आन्दोलनका घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।

























