राष्ट्रपति भण्डारीद्वारा आज सर्वदलीय बैठकको आयोजना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गर्नुभएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग आज अपरान्ह् ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिनु भएको छ ।