काठमाडौं । पार्टी अध्षक्ष केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सुरु भएको बैठकमा माधव नेपाल पक्षको उपस्थिति रहेको छैन ।
बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई समेत सहभागी गराउने प्रयास जारी राखे पनि सम्भव नभएको एक नेताले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकले पार्टीको आगामी रणनीतिबारे छलफल गर्ने उहाँले बताउनुभयो । बैठकले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषणका साथै भोलिदेखि हुने केन्द्रीय कमिटी बैठकका एजेण्डासमेत तय गर्ने बताइएको छ ।