काठमाडौं । सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापनापछिको पहिलो बैठक आज बस्ने भएको छ । सो बैठक संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजेका लागि बोलाइएको छ । सो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको । राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूको व्यहोरा पनि पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
यस अधिवेशनले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गर्नेछ । केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएपछि नयाँ सरकार गठन भएको हो । देउवालाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहको समर्थन रहेको छ ।
हेर्नुहोस् आजको संसद्को कार्यसूची