एसपीपीको विरोधमा माइतीघरमा प्रदर्शन
काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विरोधमा माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । एसपीपीको समर्थन नगर्न दबाब दिँदै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो