काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहको कार्यालय अगाडि राष्ट्रियसभा गृहमा लगातार आठ दिनदेखि उभिएर आन्दोलनरत सामाजिक अभियन्ता ईःलाई साथ दिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर शाहसँग जवाफदेहिता माग्दै उभिएर अनशनरत ईःलाई मंगलबार नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भेटेर साथसमर्थन गरेका छन् ।
उनीहरुले ईःको आन्दोलनमा समर्थन जनाउँदै फुटपाथ र सडक खाली गर्ने नाममा गरिबलाई लखेट्न नहुने बताएका छन् ।
त्यस्तै पाण्डेले ठेलागाडा, साइकल र परम्परागत मजदुरउद्यमीलाई लखेट्न नहुने बताएका छन् । उनले सडकबाट विस्थापित गर्दा विकल्प पनि खोजिनुपर्ने बताएका न् ।
त्यस्तै अध्यक्ष थापाले ईःको अभियानमान एेक्यवद्धता जनाउँदै जायज माग पूरा गर्न मेयर शाहलाई आग्रह गरेका छन् ।
उनले त्यसक्रममा सडक र फुटपाथमा जथाभावी पसल थाप्न नमिल्ने बताउँदै तर राज्यले उनीहरूलाई व्यवसायका लागि उचित स्थान दिनुपर्ने उल्लेख गरेका छन् ।
यसअघि मंगलबार नै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ईःलाई भेटेर वार्ताबारे कुरा गरेकी थिइन् ।