काठमाडौं । जबरजस्ती उठीबास गराउने र भूमिहीन सुकुमवासीमाथि भइरहेको व्यवहारको विरोधमा शुक्रबार काठमाडौंको माइतीघरमा नागरिक ऐक्यबद्धता प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा सहभागीहरूले विकासका नाममा गरिब तथा भूमिहीन नागरिकलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न माग गरेका थिए । उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।




















