काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईःलाई भेट्न पुगेकी छिन् ।
मंगलबार बिहान ईः लगायतका अभियन्तालाई भेटेकी उपमेयर डंगोलले फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध रहेको बताएकी छिन् । आफ्नो अधिकार सीमित रहेको भन्दै उनले आफ्नो ठाउँबाट पहल गर्ने प्रतिवद्धता जनाएकी छिन् ।
काठमाडौं महानगरपालिकाले चुनावी बाचा विपरीत वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरुलाई हटाएको विरोधमा ईः गत मंगलबारदेखि काठमाडौं राष्ट्रिय सभा गृह अगाडि उभिएर विरोध जनाइरहेका छन् ।