लुटेराले प्रहरीलाई आक्रमण गरेपछि गोली चलाएर तीन लुटेरा पक्राउ
काठमाडौं । प्रहरीले लुटपाटमा संलग्न तीन व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटेरा फेला परेपछि प्रहरीले नियन्त्रणको प्रयास गर्दा प्रहरीमाथि नै खुकुरी प्रहार भएपछि गोली चलाइएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले बताएका छन् ।