काठमाडौं । नेपाली सेनाको रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। मंगलबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
२०८३ मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथी पदमा थापालाई बढुवा गर्ने निर्णय गरेको थियो। बढुवासँगै उनी प्रधानसेनापतिको रोलक्रममा समेत परेका छन्। हालका प्रधानसेनापति सिग्देलको अवकाशपछि आगामी भदौ २४ गतेदेखि थापा प्रधानसेनापति बन्ने सम्भावना रहेको छ।
नेपाली सेनामा अर्को रथी पदमा पनि केही दिनमै बढुवा गरिने भएको छ। त्यसका लागि उपरथी मधुकर कार्की सिफारिस भइसकेका छन्। उनी मंसिर १५ गतेदेखि लागू हुने गरी रथीमा बढुवा हुनेछन्।
यसै कार्यक्रममा उपरथीमा बढुवा भएका मनोज थापालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ। त्यस्तै, सहायक रथीमा बढुवा भएका प्राविधिक महासेनानी जगत शाह, पंकज रावल र शितल बानियाँ तथा महासेनानीमा बढुवा भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको छ।





















