काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दीर्घकालीन महत्त्वका केही काम हुन नसकेको टिप्पणी गरेका छन्।
मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको भारत भ्रमणबारे धारणा राखेका हुन्।
उनले भ्रमणबारे हतारमा टिप्पणी नगर्ने बताए पनि दीर्घकालीन महत्त्वका विषयमा ठोस उपलब्धि हासिल भएजस्तो नदेखिएको बताए।
‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौं, तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन,’ थापाले भने।
सभापति थापाले प्रधानमन्त्री शाहले भारत भ्रमणका उपलब्धिबारे जानकारी गराउनुपर्ने पनि बताएका छन्।
प्रधानमन्त्री शाह दुई दिने भारत भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका थिए।




















