जनकपुरधाम । भारतको अयोध्याबाट सञ्चालन भएको सरयू–कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। १७ डिब्बासहितको रेललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका छन्।
भारतको अयोध्याबाट सोमबार दिउँसो साढे १२ बजे छुटेको रेल मंगलबार बिहान ९ बजेर ४० मिनेटमा जनकपुरधाम आइपुगेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र शाहले संयुक्त रूपमा सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेका थिए।
नयाँ रेल सेवाले जनकपुर र अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।




















